काठमाडौं । सशस्त्र प्रहरी बलका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तथा ८ जनाको पदस्थापन भएको छ । बिहीबार प्रधानमन्त्री तथा गृह मन्त्रीस्तरको निर्णय अनुसार उनीहरुको सरुवा र पदस्थापन गरिएको हो ।
सरुवा सूची अनुसार विनोदराज श्रेष्ठलाई नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद् सचिवालय, सिंहदरबारमा ल्याइएको छ । किरण ढुङ्गानालाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा खटाइएको छ।
प्रधान कार्यालयको मानवस्रोत विभागमा कार्यरत भूपेन्द्र केसी भण्डार महाशाखामा सरुवा भएका छन् भने सुधीरजंग थापा कार्य विभागमा पठाइएका छन्।
त्यसैगरी, सीमा सुरक्षा विभागका रबिनराज कर्णजित कार्य विभागमा र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका भरत खनियाँ सीमा सुरक्षा विभागमा सरुवा भएका छन्।
यस्तै, जहारसिंह बुढामगरलाई एपीएफ कमाण्ड तथा स्टाफ कलेज तथा जनक पुरीलाई संयुक्त राष्ट्रसंघ ९यूएन० शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ।
सरुवा सूचीमा कमलप्रसाद तिउसीना, उद्धवबहादुर न्यौपाने, गंगाराम श्रेष्ठ, विकास घिमिरे, यादव विश्वकर्मा, टोपबहादुर खनाल र अशोककुमार बम समेत रहेका छन्।
गृह मन्त्रालयले आठ जना एसएसपीलाई विभिन्न बाहिनी तथा विभागमा नयाँ जिम्मेवारीसहित पदस्थापन गरेको छ।
दीपककुमार थापाको प्रबन्ध महाशाखा, प्रधान कार्यालय, सुधीर सुवेदी मानवस्रोत विभाग, प्रधान कार्यालय, महेश केसी नं. १ बराह बाहिनी मुख्यालय, सुनसरी, प्रकाशकुमार सुवेदी नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेत, चित्राङ्गत दाहाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय, कैलाली, सुभाष भण्डारी नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी, प्रदीपसिंह कार्की नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्की र सञ्जय भट्टराई नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर पदस्थापन भएका छन् ।