काठमाडौं । सशस्त्र प्रहरी बलका सातजना नायब महानिरीक्षक (डीआईजी) को सरुवा तथा सात जनाको पदस्थापन भएको छ । प्रधानमन्त्री तथा मन्त्रीस्तरको बिहीबारको निर्णय अनुसार उनीहरुको सरुवा तथा पदस्थापन भएको हो ।
सरुवाअनुसार डीआईजी विष्णुप्रसाद भट्ट नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, दीपक अधिकारी नम्बर–५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रूपन्देही, कृष्णराज पाठक नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा खटिएका छन्।
यस्तै, दीपेन्द्र शाह सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो, कृष्ण ढकाल कार्य विभाग, दीपेन्द्र कुँवर मानवस्रोत विभाग तथा सुरेशकुमार श्रेष्ठ सीमा सुरक्षा विभागमा सरुवा भएका छन्।
त्यसैगरी, नयाँ पदस्थापनतर्फ दिग्विजय सुवेदी नम्बर–७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली, किरण बस्नेत नम्बर–३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर, माधवप्रसाद पौडेल नम्बर–९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं तथा प्रविण कँडेल नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा पदस्थापन भएका छन्।
यस्तै, राजेश उप्रेती एपीएफ कमान्ड तथा स्टाफ कलेज, नेत्रबहादुर कार्की सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय तथा राजेन्द्र खड्का मानवस्रोत विभागमा पदस्थापन भएका छन्।



