Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टीकापुरमा तालिम गर्दागर्दै सशस्त्र प्रहरीका ८ जवान बेहोस, हेलिकोप्टरमार्फत उद्धार

टीकापुरमा तालिम गर्दागर्दै सशस्त्र प्रहरीका ८ जवान बेहोस, हेलिकोप्टरमार्फत उद्धार

'बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर'

शुक्रवार , जेठ ८, २०८३

कैलाली । सशस्त्र प्रहरीको तालिम गरिरहेका आठ जवान बेहोस भएका छन् ।

कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा आठ जना जवान बेहोस भएका हुन् ।

बेहोस हुने जवानहरूमा मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, बलबहादुर बस्नेत, गणेश रावत, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

सशस्त्र जवानको आधारभूत तालिमअन्तर्गत दुई सय मिटर दौडमा उनीहरू बेहोस भएका हुन् ।

सशस्त्र प्रहरीका अनुसार, बेहोस भएकामध्ये ५ जनाको अवस्था गम्भीर छ । 

उनीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ ।

अन्य तीन जनाको टीकापुर अस्प्तालमा उपचार भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077