काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ५ हजार एक सय रुपैयाँले घटेर २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा २ लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी तोलामा ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।