Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

एमालेको प्रश्न-बालेनले भारतको जमिन नेपालले मिचेको छ भन्दा ताली पिट्ने सांसदहरू को–को हुन् ?

एमालेको प्रश्न-बालेनले भारतको जमिन नेपालले मिचेको छ भन्दा ताली पिट्ने सांसदहरू को–को हुन् ?

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नेपालले भारतको जमिन मिचेको भनेर प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले भन्दा ताली पड्काउने सांसद को–को हुन् भनेर प्रश्न गरेका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ‘प्रधानमन्त्रीले त्यो खालको राष्ट्रघाती र देशद्रोही कुरा सदनबाट बोलिरहँदा त्यो अभिव्यक्तिमा ताली पिट्ने सांसद को हुन् ?’ भनेर आम नागरिकले प्रश्न गरिरहेको बताए । 

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

यो विषयमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका थिए । त्यसमा विपक्षी दलहरूले चित्त नबुझाएका छैनन् । प्रधानमन्त्रीले नै आफ्नो बोली सच्याउनुपर्ने माग राख्दै आएका छन् ।

आज बैठक सुरु हुने वित्तिकै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले यही जेठ १७ गते प्रधानमन्त्री शाहले सदनमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077