Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

अब पोखराबाट हुन्छ दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान

अब पोखराबाट हुन्छ दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान

बिहिवार , जेठ २८, २०८३

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब संयुक्त अरब इमिरेट्स (दुबई)का लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ । 

तीन महिनापछि सञ्चालन हुने उक्त उडानका लागि टिकट बुकिङ खुला गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आगामी २३ सेप्टेम्बर २०२६ देखि दुबईका लागि व्यावसायिक हवाई उडान सञ्चालन हुने छ ।

१ जनवरी २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्ढै चार वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडन हुने भएको हो । 

उद्घाटनसँगै विमानस्थल सञ्चालनमा आएपछि पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान भने हुन सकेको थिएन। यस अवधिमा चीन र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडानहरू सञ्चालन भएका थिए। 

त्यस्तै भारतमा एकपटक हवाई एम्बुलेन्समार्फत बिरामी ओसारपसारका लागि उडान गरिएको थियो। तर नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई सेवा सुरु हुन नसक्दा विमानस्थलको प्रभावकारी उपयोगबारे निरन्तर प्रश्न उठ्दै आएको थियो।

अब दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन लागेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो मूल उद्देश्यअनुसार अन्तर्राष्ट्रिय हवाई सेवाको ढोका खोल्न सफल भएको मानिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077