Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

आफ्नै सरकारप्रति असन्तुष्ट रास्वपाका सहमहामन्त्री आचार्य, भने- सांसद बोल्छन्, सरकार सुन्दैन

आफ्नै सरकारप्रति असन्तुष्ट रास्वपाका सहमहामन्त्री आचार्य, भने- सांसद बोल्छन्, सरकार सुन्दैन

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिनकुमार आचार्यले आफ्नै सरकारप्रति असन्तुष्टी जनाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सहमहामन्त्री आचार्यले सांसद बोले पनि सरकारले नसुन्ने प्रवृत्तिप्रति असन्तुष्टी जनाएका हुन् ।

उनले सांसद बोल्ने, सरकार नसुन्ने र जनता कराउने परम्पराको अन्त्य हुनुपर्ने बताए ।

उनले भने- 'शून्य समयमा हामीले बोलेका कुराहरु सुनिन्छन्, टिपिन्छन् र कार्यन्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शुन्य समय होईन पुर्ण समय भनौँ । तर यदी जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दाहरु जति बोलेपनि शुन्यमा शुन्यसरी बिलाएर जाने हो भने यसको नाम शुन्य समय होइन, व्ल्याक होल समय राखौँ । ब्ल्याक होलमा प्रकाश समेत हराएझै संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहीता र सरकारको जिम्मेवारी हराउन हुँदैन ।'

संसदमा जनपक्षीय मुद्दाहरू उठाए पनि सरकारले त्यसलाई बेवास्ता गरिरहेको उनको टिप्पणी छ ।

 ‘ब्ल्याक होल’मा प्रकाशसमेत हराएझैँ संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी हराउन नहुने उनको भनाई छ ।

उनका अनुसार सांसदहरूले उठाएका जनताका पीडा, प्रश्न र राष्ट्रिय मुद्दा सुन्ने, टिपोट गर्ने र कार्यान्वयन प्रक्रियामा लैजाने व्यवस्था भएमा मात्रै शुन्य समयको सार्थकता रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077