Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्री वाग्ले भन्छन्- आगामी आर्थिक वर्षको बजेट १० वर्षयताकै सानो र सन्तुलित

अर्थमन्त्री वाग्ले भन्छन्- आगामी आर्थिक वर्षको बजेट १० वर्षयताकै सानो र सन्तुलित

सोमवार , जेठ १८, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट विगत १० वर्षयताकै सन्तुलित बजेट भएको दाबी गरेका छन्।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘पोष्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै सबैभन्दा सानो र सन्तुलित बजेट भएको दाबी गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा हेर्दा वर्तमान बजेट केवल २८.५ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै विगतमा भूकम्प, कोभिड र पोस्ट-कोभिड अवधिमा ३५ देखि ३७ प्रतिशतसम्मको बजेट ल्याइएको स्मरण गराए । 

उनले अहिलेको बजेटलाई स्रोत र कार्यान्वयन क्षमताअनुसार सन्तुलित बनाइएको बताए ।

उनका अनुसार यसअघि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइए पनि कार्यान्वयन क्षमता भने १६ खर्बदेखि १७ खर्ब रुपैयाँसम्म मात्रै सीमित देखिएको छ । यही कारण सरकारले यसपटक २१ खर्ब २४ अर्ब रुपैयाँको यथार्थपरक बजेट ल्याएको उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले समय र स्रोतको अत्यधिक दबाबबीच बजेट निर्माण गरिएको स्वीकार गर्दै पाँच वर्षे कार्ययोजनाको आधार तयार गर्ने उद्देश्यसहित पहिलो वर्षको बजेट ल्याइएको बताए । केही जटिल नीतिगत सुधार आगामी वर्ष थप परिष्कृत रूपमा ल्याइने उनले जानकारी दिए ।

उनले बजेट महत्वाकांक्षी भएको आलोचनालाई अस्वीकार गर्दै ६५० अर्ब रुपैयाँ ऋण उठाउने चर्चा भए पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको साँवा-ब्याज भुक्तानीमै खर्च हुने बताए । सरकारले आगामी वर्ष १५ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको पनि उनले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077