काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थमन्त्री संसद्मा निदाएको भन्दै भिडिओहरु भाइरल भएपछि त्यसबारे स्पष्टीकरण दिएका छन् ।
अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वाग्लेले आफैंले प्रसंग निकालेर उक्त विषयबारे स्पष्टीकरण दिएका हुन् ।
अर्थमन्त्री वाग्लेले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ’ भन्ने चेत राख्न सासंदहरूसँग आग्रह गरे ।
मन्त्री वाग्लेले भने- 'हिजो अर्थमन्त्री निदायो भनेर यहाँ भाइरल भाछ । यति मैले भन्नै पर्ने हो एउटा ठट्टाको हिसाबले पनि । अर्जेन्ट message हरु आइराख्या थियो । माथि राष्ट्रपतिको अगाडी फोन राखेर गर्न शोभनिय नहुने भएको भएर टेबल मुनि फोन राखेर message हरु हेरिरहेको थिएँ । अर्थमन्त्री निदायो भनेर दशौँ लाखलाई रमिता भाछ आज । त्यसैले जे देखिन्छ त्यो यथार्थ नहुन पनि सक्छ ।'
राष्ट्रपतिको अगाडी फोन राखेर गर्न अशोभनिय हुने भएकाले अर्जेन्ट म्यासेजहरु घोप्टो परेर हेरेको उनको दाबी छ ।