Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा अर्थमन्त्री ‘मस्त निन्द्रामा’, बैठक नसकिंदै निस्किए बालेन

राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा अर्थमन्त्री ‘मस्त निन्द्रामा’, बैठक नसकिंदै निस्किए बालेन

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सो क्रममा उनले नेपाललाई परम्परागत श्रममा आधारित अर्थतन्त्रबाट डिजिटल र प्रविधिमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने महत्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरेका छन् ।  

सरकारले सुशासन, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई केन्द्रमा राख्दै नयाँ वित्तीय र प्रशासनिक मोडलहरू पनि घोषणा गरेको छ।

सरकारले सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गरेको छ। विशेषगरी, नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने ‘रिमोट वर्क’ नीतिको कानूनी व्यवस्था गर्ने घोषणा गरिएको छ। 

त्यस्तै सरकारले सीमा नाकामा पहिलोपटक ‘अनुहार पहिचान प्रणाली’ सहितको एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली जडान गरिने भएको छ। 

सडक, रेल, हवाई र जल यातायातलाई एउटै छाताभित्र समेट्न ‘एकीकृत राष्ट्रिय गुरुयोजना’ तयार गरिने भएको छ। काठमाडौँ–केरुङ र काठमाडौँ–रक्सौल रेलमार्गलाई प्राथमिकतामा राख्दै यसको लगानी मोडालिटी तय गरिनेछ। 

आज राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा केही रोचक दृश्यहरू देखिए। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सभामुखको आग्रह अस्वीकार गरे । सभामुख डीपी अर्यालले बैठक समाप्त भए पनि सांसदहरुलाई आसनबाट उठेर विदाइ गर्न आग्रह गरेका थिए । तर, बालेन राष्ट्रपति भन्दा अगाडि नै बैठक हलबाट बाहिरिए । बालेन कार्यक्रम नसकिँदै बैठक हलबाट बाहिरिएका थिए । 

त्यसैगरी अर्को अचम्मको दृष्य भने अर्थमन्त्री स्वर्णिम वाग्लेको हो । राष्ट्रपतिले नीति तथा कार्यक्रम सम्बोधन गरिरहँदा अर्थमन्त्री डा. वाग्ले मस्त निद्रामा देखिन्थे । यो दृश्यले आज निकै चर्चा पाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077