'नेपालले भारतको जग्गा कहाँ मिच्यो जानकारी गराउनुपर्छ '
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका राष्ट्रियसभा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले वालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु देशको लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।
बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले मातृभूमिसँग सम्बन्धित विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री हुन नसक्ने भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने- 'वालेन्द्र शाहज्यूजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली जनताको लागि बडो ठूलो दुर्भाग्य हो । नेपालले भारतको जग्गा कहाँ, कति मिचेको छ ? नेपाली जनतालाई जानकारी गराउनुपर्छ ।'
सांसद सुवेदीले नेपालले भारतको भूमि कहाँ र कति मिचेको छ भन्दै नेपाली जनतालाई जानकारी गराउनु पर्ने बताए ।
साथै प्रधानमन्त्री शाहले नेपाल-भारतबीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुका साथै माफी माग्नुपर्ने उनको भनाई थियो ।