Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

बाँकेमा प्रहरी हवल्दारमाथि महिलाले गरिन् खुकुरी प्रहार

बाँकेमा प्रहरी हवल्दारमाथि महिलाले गरिन् खुकुरी प्रहार

बिहिवार , जेठ २८, २०८३

बाँके। बाँकेमा एक महिलाले प्रहरीमाथि धारिलो खुकुरी प्रहार गरेकी छन् । 

जिल्लाको बैजनाथ गाउँपालिका-५ मा बिहीबार विद्यालयको सरकारी जग्गा खाली गराउन पुगेका प्रहरी हवल्दारमाथि खुकुरी प्रहार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईश्वरी माध्यमिक विद्यालयको सरकारी जग्गा खाली गर्न प्रहरी टोली त्यहाँ पुगेको थियो । 

सोही क्रममा त्यहीकी एक स्थानिय महिलाले प्रहरीमाथि हतियार प्रहार गरेकी थिइन् ।

प्रहरीमाथि हतियार प्रहार गरिरहेकै अवस्थामा महिलालाई नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ ।

हतियार प्रहार गर्ने महिला र प्रहरी हवल्दारको नाम भने खुलाइएको छैन ।

प्रहरी हवल्दारको अवस्था सामान्य छ भने ती महिलामाथि थप कारबाही तथा अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077