Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

पार्टीभित्र अत्याचारले सीमा नाघेको भन्दै पूर्व सांसद लामाले त्यागिन् नेकपा

पार्टीभित्र अत्याचारले सीमा नाघेको भन्दै पूर्व सांसद लामाले त्यागिन् नेकपा

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा पूर्व सांसद छिरिङ ल्हामु तामाङले पार्टी परित्याग गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले पार्टीभित्रका केही व्यक्तिहरूले गरेको अन्याय, अत्याचार र निषेधको सीमा नाघेपछि जिम्मेबारीबाट अलग हुने निर्णय उल्लेख गरेकी छन् ।

वक्तव्यमा उनले भनेकी छन्–'मलाई यो निर्णय लिन बाध्य बनाउने संकीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिन चाहन्छु, किनकि त्यसैले मलाई स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझाएको छ।'

उनले आफ्नो विरुद्ध चौतर्फी षड्यन्त्रका जालो बुन्ने, आत्मबल कमजोर पार्ने तथा राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयासहरू बारम्बार भएको उनले बताएकी छन् ।

छिरिङ २०७९ को प्रतिनिधि सभामा मुगाली समुदायबाट पहिलोपटक सांसद बन्न सफल भएकी थिइन् । नेकपा माओवादी केन्द्रले उनलाई जुम्लाबाट समानुपातिकतर्फ सांसद चुनेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077