काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले संविधान संशोधनसम्बन्धी प्रस्ताव तयार गर्न ११ सदस्यीय मस्यौदा कार्यदल गठन गरेको छ।
सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो।
उक्त कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कन्दङ्वा,डम्बर थापा, रेखा शर्मा, इ. गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटाजगदेव चौधरी र रामबहादुर चौधरी सदस्य रहेका छन्।
सरकारले संविधान संशोधनको प्रारम्भिक मस्यौदा तयार गरी राजनीतिक दलहरूसँग सुझाव संकलन गरिरहेको बेला नेकपाले पनि आफ्नो तर्फबाट संशोधनका प्रमुख मुद्दा पहिचान गर्न छुट्टै कार्यदल गठन गरेको हो ।