Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा संयोजन समितिको बैठक बस्दै, के–के छन् एजेन्डा ?

नेकपा संयोजन समितिको बैठक बस्दै, के–के छन् एजेन्डा ?

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ । 

बैठक सोमबार  दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव कुमार नेपालले तयार पारेको निर्णय प्रस्ताव पेस गरिने छ ।

प्रचण्ड सचिवालयका अनुसार बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी, सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने गरी प्रस्ताव आउन सक्नेछ । 

यसैगरी बैठकको एजेन्डामा चुनावी समीक्षा प्रतिवेदन अनुमोदन रहेको छ । चुनावी समीक्षा र पार्टीको भावी योजनाबारे निर्णय लिन चैत १९ गते संयोजन समितिको बैठक बोलाइएको थियो । चैत २३ देखि २८ गतेसम्म संयोजक प्रचण्डले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमाथि नेताहरू लिखित र अलिखित धारणा राखेका थिए । 

वैशाख ३ गते बसेको बैठकमा बैठकमा उठेका प्रश्नको जवाफ संयोजक र सह-संयोजकले दिएका थिए । निर्णय प्रस्ताव ल्याउने जिम्मा प्रचण्ड र माधवलाई दिएपछि बैठक स्थगित भएको थियो । पार्टी नेतृत्वले ल्याएको प्रस्तावमाथि निर्णय प्रस्ताव अनुमोदन गरेपछि बैठक सकिने नेता प्रकाश ज्वालाले जानकारी दिए । 

यस्तै पालिका, जिल्लाको एकता र समायोजनको जिम्मेवारी सम्बन्धित प्रदेशलाई नै दिने तयारी छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077