Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

प्रदर्शनीमार्गमा आन्दोलन र सभा–जुलुसमा रोक

प्रदर्शनीमार्गमा आन्दोलन र सभा–जुलुसमा रोक

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँको प्रदर्शनीमार्ग क्षेत्रमा कुनै पनि सभा, भेला, आन्दोलन, नाराजुलुस तथा प्रदर्शन नगर्न निर्देशनात्मक आदेश जारी गरेको छ।

नियमित रूपमा हुने राजनीतिक तथा सामाजिक गतिविधिहरूले शैक्षिक वातावरणमा गम्भीर असर परेको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरी ले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेल को इजलासले २३ पुस २०८२ मा दिएको आदेशको पूर्णपाठ सार्वजनिक गर्दै प्रदर्शनीमार्गलाई शैक्षिक संस्थाको पठनपाठन प्रभावित नहुने क्षेत्रका रूपमा सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ।

उक्त क्षेत्रमा नेपाल ल क्याम्पस, नेपाल विश्वभाषा क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, बाल्मिकी क्याम्पस र पद्मोदय मावि जस्ता शैक्षिक संस्थाहरू रहेका छन्।

साथै काठमाडौं मोडेल अस्पताल र नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्र पनि यही क्षेत्रमा पर्ने भएकाले ध्वनि तथा वायु प्रदूषण नियन्त्रणमा विशेष ध्यान दिन अदालतले आदेश दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077