Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

अमेरिकाले गर्‍यो होर्मुजमा भारतीय जहाजमाथि आक्रमण, तीनजना बेपत्ता

अमेरिकाले गर्‍यो होर्मुजमा भारतीय जहाजमाथि आक्रमण, तीनजना बेपत्ता

बिहिवार , जेठ २८, २०८३

एजेन्सी । ओमानको तट नजिक बुधबार एउटा व्यापारिक जहाजमाथि भएको अमेरिकी आक्रमणपछि भारत सरकारले कडा कूटनीतिक आपत्ति जनाएको छ।

उक्त घटनामा जहाजमा सवार तीन भारतीय नाविक बेपत्ता भएका छन् भने २१ जनालाई उद्धार गरिएको छ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार भारतले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासमार्फत औपचारिक विरोध दर्ता गराएको छ।

ओमानको खाडी हुँदै अघि बढिरहेको पलाउको झण्डा बोकेको ‘सेटेबेलो’ नामक जहाजमाथि सटिक प्रहार गर्न सक्ने हतियार प्रयोग गरी आक्रमण गरिएको बताइएको छ। जहाजमा कुल २४ जना भारतीय नाविक सवार थिए।

भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव नागराज नायडुले अमेरिकी कार्यवाहक राजदूत जेसन मिक्सलाई बोलाएर कूटनीतिक विरोधपत्र बुझाइएको जानकारी दिएका छन्।

करिब २५ मिनेटसम्म भएको छलफलमा भारतले विशेष रूपमा घटनाको कारण र सुरक्षा चासोबारे प्रश्न उठाएको बताइएको छ।

भारतीय पक्षले ‘सेटेबेलो’ जहाज अमेरिकी वैदेशिक सम्पत्ति नियन्त्रण कार्यालयको कालोसूचीमा नरहेको भन्दै आक्रमणको औचित्यमाथि प्रश्न उठाएको छ।

भारतले पछिल्ला घटनाहरूलाई लक्षित गर्दै व्यापारिक जहाजमाथि भइरहेको आक्रमणलाई गम्भीर चिन्ताको विषय बताउँदै अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षा सुनिश्चित गर्न जोड दिएको छ। साथै, नागरिक पूर्वाधार र व्यापारिक जहाजलाई निशाना बनाउने कार्य तत्काल रोक्न पनि माग गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077