Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

इजरायल जाने अंग्रेजी भाषा परीक्षा भोलिदेखि पुनः सञ्चालन हुने

इजरायल जाने अंग्रेजी भाषा परीक्षा भोलिदेखि पुनः सञ्चालन हुने

बुधवार , जेठ २७, २०८३

काठमाडौं । सरकारी तहबाट इजरायलमा कामका लागि जान लिइँदै आएको अंग्रेजी भाषा परीक्षा भोलिदेखि पुनः सुरु हुने भएको छ।

विवादका कारण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको भन्दै सीआईएनए इन्टरनेसनलले बिहीबारदेखि निर्धारित तालिका अनुसार परीक्षा सञ्चालन गरिने जनाएको हो।

संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार बिहीबारदेखि तय भएका परीक्षा नियमित रूपमा सञ्चालन हुनेछन्। तर जेठ २६ र २७ गते हुन नसकेका परीक्षा भने पछि छुट्टै कार्यतालिका बनाएर सञ्चालन गरिने व्यवस्था गरिएको छ।

त्यसका लागि रोकिएका परीक्षाको नयाँ मिति तथा समय परीक्षार्थीलाई व्यक्तिगत रूपमा मोबाइल सन्देशमार्फत जानकारी गराइने जनाइएको छ।

इजरायल रोजगार कार्यक्रम अन्तर्गत सीआईआईएन इन्टरनेशनल क्वालिफिकेसन्सले त्रिपुरेश्वरमा सञ्चालन गर्दै आएको थियो। 

परीक्षा व्यवस्थापनप्रति परीक्षार्थीहरूले लामो समयदेखि असन्तोष जनाउँदै आएका थिए। अनलाइन प्रणाली, व्यवस्थापन र प्राविधिक समस्याका कारण परीक्षा दिन कठिन भएको उनीहरूको गुनासो थियो।

परीक्षार्थीहरूका अनुसार भिडभाड, कमजोर इन्टरनेट स्पिड र सर्भर ढिलाइका कारण उत्तर सबमिट हुन नसक्ने समस्या दोहोरिँदै आएको थियो।

परीक्षार्थीहरूले आवश्यक कम्प्युटर, हेडसेटलगायत उपकरण पनि पर्याप्त रूपमा उपलब्ध नगराइएको आरोप लगाउँदै आएका छन्।

मंगलबार सोही समस्याविरुद्ध परीक्षार्थीहरू विरोधमा उत्रिएका थिए र त्यस क्रममा तनाव तथा झडपसमेत भएको थियो।

झडपपछि अप्रत्यासित परिस्थिति’ सिर्जना भएको भन्दै अर्को सूचना जारी नहुन्जेलका लागि परीक्षा स्थगन गरिएको  थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077