Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

बहराइनस्थित अमेरिकी बेसमा इरानको जवाफी ड्रोन हमला

बहराइनस्थित अमेरिकी बेसमा इरानको जवाफी ड्रोन हमला

बिहिवार , जेठ २८, २०८३

एजेन्सी । अमेरिकी हवाई आक्रमणको जवाफमा इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाएर भीषण ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

इरानी आक्रमणपछि बहराइन सरकारले आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल एक्समा एक आकस्मिक सन्देश जारी गर्दै आफ्ना नागरिक तथा देशमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई शान्त रहन र तत्काल सबैभन्दा नजिकको सुरक्षित स्थानमा जान अपील गरेको छ ।

बिहीबार बिहान अमेरिकाले इरानी ठेगानाहरूमा आक्रमण गरेको ठीक एक घण्टापछि इरानले प्रतिकार सुरु गरेको हो।

इरानका आधिकारिक समाचार एजेन्सीहरूले देशको सेनालाई उद्धृत गर्दै बहराइनमा रहेका अमेरिकी सैन्य बेसहरूमा सफलतापूर्वक आक्रमण गरिएको जनाएका छन्।

इरानी सेनाका अनुसार ड्रोन आक्रमणमार्फत बहराइनमा तैनाथ अमेरिकी नौसेनाको पाँचौँ बेडोको ुप्याट्रियट एयर डिफेन्स सिस्टमुको सञ्चार एन्टेना र राडारलाई मुख्य निशाना बनाइएको छ।

इरानको आधिकारिक समाचार एजेन्सी 'इर्ना'ले त्यहाँको शक्तिशाली सैन्य दस्ता 'रिभोल'सनरी गार्ड्स'लाई उद्धृत गर्दै अमेरिकी कदमको कडा जवाफ दिइएको पुष्टि गरेको छ।

इरानले बहराइनको एक विमानस्थल र कुवेतमा रहेका दुई सैन्य ठेगानासहित खाडी क्षेत्रका कुल १८ वटा महत्त्वपूर्ण स्थानहरूमा घातक हमला गरेको दाबी गरेको छ।

यसअघि अमेरिकाले इरानभित्र रहेका विभिन्न रणनीतिक ठेगानाहरूमा शृङ्खलाबद्ध रुपमा हमला गरेको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077