Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

अर्थमन्त्री स्वर्णिमलाई ज्ञानेन्द्रको चुनौती - दम छ भने राष्ट्रघाती एमसीसीको फाइल पनि खोलौं

अर्थमन्त्री स्वर्णिमलाई ज्ञानेन्द्रको चुनौती - दम छ भने राष्ट्रघाती एमसीसीको फाइल पनि खोलौं

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष प्रमाणित गर्न चुनौती दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सांसद शाहीले अर्थमन्त्रीले संसदमा दिएको अभिव्यक्ति र शैलीप्रति आपत्ति जनाएका हुन् ।

अर्थमन्त्री वाग्लेले संसदमा “२ अर्ब होइन, दुई रुपैयाँ मात्रै घोटाला भएको देखाउन चुनौती” दिएको प्रसंग उल्लेख गर्दै शाहीले त्यसबारे निष्पक्ष संसदीय छानबिन आवश्यक रहेको बताएका छन्।

उनले संसदीय छानबिन समिति गठन भएपछि मात्र सत्य–तथ्य सार्वजनिक हुने दाबी गर्दै दोषी–निर्दोष छुट्याउने प्रक्रिया त्यहीँबाट स्पष्ट हुने बताए।

शाहीले सरकारले विगतका फाइल खोल्ने चेतावनी दिइरहेका बेला सबै संवेदनशील विषयको अनुसन्धान हुनुपर्ने उल्लेख गर्दै अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्बन्धी फाइल पनि सार्वजनिक गर्न माग गरेका छन् ।

उनका अनुसार एमसीसी सम्झौता प्रक्रिया र निर्णयका क्रममा संलग्न व्यक्तिहरू तथा आर्थिक लेनदेनसम्बन्धी विवरण पनि छानबिनको दायरामा ल्याइनुपर्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077