Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

बालाजु होल्डिङ सेन्टरको गृहमन्त्रीद्वारा अवलोकन, सुकुमबासी परिवारसँग मागे माफी

बालाजु होल्डिङ सेन्टरको गृहमन्त्रीद्वारा अवलोकन, सुकुमबासी परिवारसँग मागे माफी

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित सुकुमबासीहरू राखिएको दुई वटा होल्डिङ सेन्टरको आकस्मिक अवलोकन गरेका छन्।

अवलोकनका क्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुमबासी परिवारसँग भेट गरी विगतमा व्यवस्थापन प्रक्रियामा कमजोरी भएको भए क्षमा मागेका छन्।

उनले आफू मन्त्रालयको कार्यभारमा नरहेका बेला सुकुमबासी बस्ती हटाइएको भए पनि वर्तमान सरकार उनीहरूको उचित व्यवस्थापनप्रति गम्भीर रहेको स्पष्ट पारे।

गृहमन्त्री गुरुङले भने, “सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ।”

भेटका क्रममा सुकुमबासी परिवारले आवासीय समस्या, बालबालिकाको शिक्षामा असहजता तथा स्वास्थ्य सेवामा कमी भएको गुनासो गरेका थिए। उनीहरूले नियमित स्वास्थ्यकर्मी नआउने र उपचारमा समस्या भइरहेको बताएका छन्।

गुनासो सुनेपछि गृहमन्त्रीले उक्त क्षेत्रमा आवश्यक निगरानी तथा व्यवस्थापनका लागि सुरक्षा निकाय परिचालन गर्न निर्देशन दिएका छन्। साथै, स्वास्थ्य समस्या वा आकस्मिक अवस्थाहरूमा तत्काल उद्धार गरी अस्पताल पुर्‍याउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077