Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

यी हुन् गृहमन्त्री गुरुङका चार निर्णय

यी हुन् गृहमन्त्री गुरुङका चार निर्णय

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमा पदभार ग्रहणसँगै चार महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन् ।

मंगलबार राष्ट्रपति समक्ष शपथ लिएलगत्तै सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार सम्हालेका उनले पुराना तथा संवेदनशील फाइलहरू पुनरावलोकन गर्ने निर्णय गरेका हुन् ।

उनले २०५८ सालको ऐतिहासिक दरबार हत्याकाण्ड सम्बन्धी फाइल पुनः खोल्ने निर्णय गरेका छन् ।

हालैको जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय पनि मन्त्री गुरुङले गरेका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरोलाई थप प्रभावकारी, सक्षम र प्रविधिमैत्री बनाउने निर्णय गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077