Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन नपाइने

अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन नपाइने

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमतिबिना सार्वजनिक स्थलमा ठूला पर्दा राखेर फिफा विश्वकप फुटबल २०२६ का खेलहरू प्रदर्शन नगर्न निर्देशन दिएको छ ।

बिहीबार जारी सूचनामार्फत प्रशासनले विश्वकपका खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने सङ्घ–संस्था, क्लब वा कम्पनीहरूले अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने स्पष्ट गरेको हो ।

प्रशासनले रातिको समयमा खेल प्रदर्शनका नाममा अनियन्त्रित भीड जम्मा हुने, सार्वजनिक शान्ति तथा सुरक्षामा असर पर्न सक्ने र अवाञ्छित गतिविधि बढ्न सक्ने भएकाले आवश्यक अनुमति बिना कार्यक्रम सञ्चालन गर्न नपाइने जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालका अनुसार प्रत्यक्ष प्रसारण गर्न इच्छुक संस्थाले तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्नेछ। निवेदनको फाराम जिल्ला प्रशासन कार्यालयको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

प्राप्त निवेदनमाथि कार्यक्रमस्थल, सुरक्षा अवस्था, सम्भावित भीड व्यवस्थापन र संवेदनशीलताका आधारमा अध्ययन गरी मात्र अनुमति प्रदान गरिने प्रशासनले जनाएको छ।

प्रशासनले अनुमतिबेगर रातिको समयमा भीडभाड गर्ने, उच्छृङ्खल गतिविधि सञ्चालन गर्ने वा सार्वजनिक शान्ति भङ्ग हुने खालका कार्यक्रम आयोजना गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

715500793_1370292351815530_414567689947537962_n

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077