Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अनलाइनमार्फत यौनधन्दा चलाउने गिरोहमा प्रहरीको छापा, १६ जना पक्राउ

अनलाइनमार्फत यौनधन्दा चलाउने गिरोहमा प्रहरीको छापा, १६ जना पक्राउ

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । सामाजिक सञ्जाल र म्यासेजिङ एप प्रयोग गरेर काठमाडौंमा संगठित रूपमा यौनधन्दा सञ्चालन गर्दै आएको आरोपमा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार फेसबुक, ह्वाट्सएपलगायतका अनलाइन माध्यमबाट ग्राहक खोज्ने, युवतीहरूको फोटो तथा भिडियो देखाएर मोलमोलाइ गर्ने र होटलसम्म पुर्‍याएर यौनजन्य गतिविधि गराउने गिरोहविरुद्ध विशेष अपरेसन सञ्चालन गरिएको थियो। सोही क्रममा ४ पुरुष र १२ महिलालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्ने पुरुषहरूमा मकवानपुर मनहरी गाउँपालिका–२ का ३३ वर्षीय विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका–१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका–८ का २८ वर्षीय विवेक स्याङ्तान तथा काठमाडौं–९ शम्भुमार्गका राजकुमार गौतम रहेका छन्।

यस्तै पक्राउ परेका महिलाहरूमा पेमा लामा, अञ्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमलामाया लामा, फुर्वामाया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमादेवी गुरुङ र प्रिया तामाङ रहेका छन्।

प्रहरी अनुसन्धान अनुसार गिरोहले सामाजिक सञ्जालमार्फत ग्राहकसँग सम्पर्क स्थापित गरी रकमको सहमति जुटाउने, त्यसपछि ट्याक्सी तथा निजी सवारीसाधन प्रयोग गरेर गौशाला र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा पुर्‍याउने गरेको खुलेको छ।

प्रहरीले होटल सञ्चालकको समेत संलग्नता देखिएको भन्दै नेटवर्कका अन्य सदस्य तथा आर्थिक कारोबारको पाटोमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077