Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

धनगढीमा पेस्तोलसहित विभिन्न सामान बरामद, एकजना पक्राउ

धनगढीमा पेस्तोलसहित विभिन्न सामान बरामद, एकजना पक्राउ

बुधवार , जेठ २७, २०८३

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा हतियार र विभिन्न सामग्रीसहित एकजना युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साहिल खानलाई मंगलबार राति कटुवा पेस्तोलसहित पक्राउ गरिएको हो ।

भारतको लखिमपुर खिरी घर भई हाल धनगढी–५ सत्कार चोकमा कोठा गरी बस्दै आएका २४ वर्षीय खानलाई वडा प्रहरी कार्यालय धनगढीबाट इन्स्पेक्टर बलराम पाण्डेयको कमाण्डमा खटिएको सात जनाको टोलीले शंकास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिएको हो ।

उनको कोठामा गरिएको खानतलासीका क्रममा एक थान कटुवा पेस्तोल, खुकुरी, फलामको रड, रेन्च, डिजिटल तौल काटा, चाँदीजस्तो देखिने दुई थान माला, फलामको टी र दुई थान टर्चलाइट फेला परेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

बरामद सामग्रीसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077