Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

नेकपा एमाले छाडेर अन्य पार्टी प्रवेश गरेका ८ वडाध्यक्ष पदमुक्त (सूचीसहित)

नेकपा एमाले छाडेर अन्य पार्टी प्रवेश गरेका ८ वडाध्यक्ष पदमुक्त (सूचीसहित)

बुधवार , जेठ २७, २०८३

काठमाडौं। नेकपा एमालेबाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षहरु पदमुक्त भएका छन् । 

निर्वाचन आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।

पदमुक्त हुनेमा ओखलढुंगा मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमलबहादुर बानिया, ओखलढुंगा मोलुङ गाउँपालिका–६ का वडाध्यक्ष कमल तामाङ, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापा र पाल्पाको माथागढी गाउँपालिका–१ का वडाध्यक्ष राजकुमार पन्थी छन् । 

यसैगरी ललितपुर बागमती गाउँपालिका–७ का वडाध्यक्ष होमप्रसाद बजगाईं, लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, मोरङ रंगेली नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार खनाल र घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसूदन शर्मा रहेका छन् ।

राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम २ अनुसार उनीहरू पदमुक्त भएका हुन्। सो उपनियममा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको अवस्थामा पद रिक्त हुने प्रावधान छ ।

यसैगरी एमालेको केन्द्रीय सचिवालयको निर्णय र सिफारिसका आधारमा आयोगले  मंगलवार नै ती जनप्रतिनिधिहरूको पद रिक्त गर्ने निर्णय गरिसकेको सूचनामा उल्लेख छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077