Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

शेखर कोइरालाको सचिवालयको दाबी - 'सात बुँदे प्रस्ताव’ सम्बन्धी समाचार भ्रामक

शेखर कोइरालाको सचिवालयको दाबी - 'सात बुँदे प्रस्ताव’ सम्बन्धी समाचार भ्रामक

बुधवार , जेठ २७, २०८३

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने समाचारलाई अस्वीकार गरेका छन्।

उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उक्त दाबी पूर्ण रूपमा गलत भएको स्पष्ट पारिएको छ।

सचिवालयका अनुसार बाहिर सार्वजनिक भएका यस्ता समाचारहरू “मनगढन्ते, कपोलकल्पित र भ्रामक” भएको उल्लेख गर्दै त्यसको भ्रममा नपर्न सबैलाई आग्रह गरिएको छ।

सचिवालयले कोइराला र संस्थापन पक्षबीच सात बुँदे प्रस्तावबारे कुनै पनि आधिकारिक संवाद वा जानकारी हालसम्म नआएको प्रस्ट पारेको छ।

त्यस्तै, विशेष महाधिवेशनपछि बनेको नयाँ कार्यसमितिको सन्दर्भमा पनि कोइरालाको सचिवालयले पछिल्ला सम्पर्कबारे स्पष्ट पारेको छ।

सचिवालयका अनुसार २०८२ चैत २२ गते नेता प्रदीप पौडेल र २०८३ वैशाख २२ गते नेता गगन थापाले विशालनगरस्थित कोइरालाको सचिवालयमा भेट गरेका थिए। त्यसपछि भने कुनै पनि औपचारिक संवाद वा सम्पर्क नभएको दाबी गरिएको छ।

सचिवालयले हाल फैलिरहेका अनावश्यक हल्ला र अनुमानमा आधारित समाचारप्रति सचेत रहन आग्रह गर्दै यथार्थ जानकारी मात्र विश्वास गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077