Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हार स्विकार्दै कांग्रेसका शेखर कोइरालाले भने- युवाहरु राष्ट्र परिवर्तनका बाहक हुन्

हार स्विकार्दै कांग्रेसका शेखर कोइरालाले भने- युवाहरु राष्ट्र परिवर्तनका बाहक हुन्

शनिवार , फाल्गुण २३, २०८२

मोरङ । मोरङ क्षेत्र नं ६ बाट पराजित भएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदाताहरुले पनि युवालाई नै खोजेको बताएका छन् । 

उक्त क्षेत्रमा कोइरालासंग ठूलो मतान्तरसहित विजयी भएकी रास्वपा उम्मेदवार रुबिना आचार्यलाई बधाई दिदैँ उनले यस्तो भनेका हुन् ।

पराजित भएपछि विज्ञप्ति नै जारी गरेर डा। कोइरालाले अहिले युवाहरुको लहर देखिएको बताएका छन् ।

‘लोकतान्त्रिक पद्धतिलाई आत्मसात गरेर सक्षम र योग्य युवाहरु भर्खरै सम्पन्न निर्वाचनमा विजयी हुनुभएको छ । युवाहरु जो यो राष्ट्रको परिवर्तनका वाहक हुन, भावी संसदमा हामी नीति निर्माणमा पुगेको देख्नेछौं । यो खुशीको कुरा हो,’ उनले भनेका छन् ।

कोइरालाले १२ हजार ८ सय ५० मत प्राप्त गर्दा रास्वपाकी आचार्यले ५५ हजार ५ सय १३ मत प्राप्त गरेकी छन् । डा. कोइराला यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077