Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदातालाई शेखर कोइरालाको आग्रह- राष्ट्रलाई निकास दिन कांग्रेसलाई जिताउनुहोस्

मतदातालाई शेखर कोइरालाको आग्रह- राष्ट्रलाई निकास दिन कांग्रेसलाई जिताउनुहोस्

बुधवार , माघ २८, २०८२

मोरङ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा कार्यालय उद्घाटन गरेका छन्।

नजिकिँदो निर्वाचनलाई लक्षित गर्दै नेता कोइरालाले गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ६ र ७ मा पार्टी कार्यालय उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले बुढीगंगा गाउँपालिकाभित्र  पछिल्ला वर्षहरूमा सहज र सरल रूपमा उपचार सेवाका लागि अस्पताल निर्माणदेखि शुद्ध खानेपानी, शिक्षा क्षेत्र र पूर्वाधार विकास निर्माणमा अपेक्षाकृत प्रगति भएको बताए।

आम सर्वसाधारणमा गाउँपालिकामा केही नभएको भन्ने भाष्य फैलाइएको बताउँदै उनले भने- 'विगतमा भन्दा पछिल्लो समय गाउँपालिकाको विकास निर्माणमा अघि बढेको छ। बाहिर यहाँ विकास नभएको भन्ने हल्ला गरिएको छ, तपाईंहरू नै साक्षी हुनुहुन्छ यहाँको काम प्रगतिबारे। त्यसैले पनि यहाँ विकास भएको छैन भन्ने गलत भाष्यलाई म पत्याउँदिनँ।'

निर्वाचनका समयमा मात्र नभई गाउँपालिकामा भएका गतिविधि बुझ्न विगतमा पनि विभिन्न कार्यक्रम र जनतासँग भेट गर्न पालिकाका क्षेत्रमा आउँदै गएको उनले बताए। 

उनले थपे- 'यहाँको क्षेत्रमा मेरो उपस्थिति सधैं छ। राष्ट्रपति रनिङ शिल्डदेखि विद्यालय संरचना निर्माण, स्वास्थ्य क्षेत्र सेवा उपचार लगायत धेरै कुरामा आफैं प्रत्यक्ष आउँदै गरेको छु।'

राष्ट्रलाई निकास दिन पनि उनले आफ्नो पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077