काठमाडौं। डा. शेखर कोइरालाले नेपाली काँग्रेसको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरूसँग छलफल गरेका छन्।
कोइरालाले आइतबार काठमाडौंको बिशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा छलफल आयोजना गरेका हुन्।
छलफलमा डा.शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा। मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोख्रेलको उपस्थिति रहेको थियो ।
पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा। दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा। बिनिता कार्की, जगदीश दाहाललगायत जेनजी युवाहरूको पनि उपस्थिति थियो ।
छलफलमा कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिका र देशको समसामयिक परिस्थितिका विषयमा विचार विमर्श भएको थियो ।
छलफल सहभागि राजनीतिक विश्लेषक, कुटनीतिज्ञ तथा विभिन्न क्षेत्रका विज्ञहरुले पार्टीको आन्तरिक सुदृढीकरण र मुलुकमा व्याप्त विद्यमान चुनौतीको सामना गर्न कांग्रेसले स्पष्ट दृष्टिकोण बनाउनुपर्नेमा जोड दिएका थिए ।