Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

अर्थमन्त्री वाग्ले भन्छन् - मेराविरुद्ध संगठित अफवाह फैलाइयो

अर्थमन्त्री वाग्ले भन्छन् - मेराविरुद्ध संगठित अफवाह फैलाइयो

बुधवार , जेठ २७, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध लक्षित रूपमा संगठित अफवाह फैलाइएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

समिति बैठकमा आफ्नो धारणा राख्दै अर्थमन्त्री वाग्लेले संसदमा बजेट छलफल प्रभावित हुने गरी अवरोध सिर्जना गरिएको र त्यसकै बीच आफूविरुद्ध भ्रमपूर्ण प्रचार गरिएको दाबी गरे ।

“बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर मविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ,” मन्त्री वाग्लेले भने, “म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएको हुँ।”

यस्तै उनले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग रहेको बताए । करका दर निर्धारण गर्ने प्रक्रियामा अर्थमन्त्री अन्तिम निर्णयकर्ता भएको उनले बताए ।

यद्यपि उनले यो एक सामूहिक र नीतिगत सहमतिको विषय भएको बताए ।  उनले बजेट र करका दरहरू अर्थमन्त्री एक्लैले गोप्य रूपमा तय गर्ने नभई विज्ञ र सरोकारवालाहरूको ठूलो समूहको छलफलपछि निष्कर्षमा पुगिने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077