काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे’ लिस्टबाट बाहिर ल्याउनु जरुरी रहेको बताएका छन् ।
स्टक ब्रोकर्स एसोसिएसनको प्रतिनिधि मण्डलसँग सोमबार भएको भेटवार्तामा उनले केही अनुसन्धान पुरानै रहेको र अहिले अन्तिमतिर पुगेको जानकारी दिएका हुन् ।
उनले नेपाललाई ‘ग्रे’ लिस्टबाट बाहिर ल्याउन भन्दै त्यसका लागि सुशासनका काम गर्नुपर्ने जनमत अनुसार सरकारले काम गर्ने बताए । उनले अपराध गरेकालाई उन्मुक्ति नहुने हुँदैन तर व्यापारी व्यवसायीमाथि छानीछानी प्रतिशोध नहुने आश्वासन दिए ।
उनले सरकार निजी क्षेत्रमैत्री रहेको भन्ने आधार आफ्नो पहिलो निर्णय हेरे पनि थाहा भइहाल्ने बताउँदै रास्वपा र सरकार निजी क्षेत्रविरोधी नभएको स्पष्ट पारे ।
अर्थमन्त्री वाग्लेले आफूहरू अर्थतन्त्रलाई कहाँबाट कहाँ पु¥याउने भनेर लागेको भन्दै आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक आउने बताए ।