Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री बालेनको हस्तक्षेपपछि अर्थमन्त्री वाग्लेको विदेश भ्रमण रोकियो

प्रधानमन्त्री बालेनको हस्तक्षेपपछि अर्थमन्त्री वाग्लेको विदेश भ्रमण रोकियो

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो विदेश भ्रमण अन्तिम समयमा रोकिएको छ ।

अमेरिकाको वासिङ्टन डीसीमा हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को स्प्रिङ बैठकमा मन्त्रीस्तरीय सहभागिता प्रस्ताव प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अस्वीकार गरेपछि भ्रमण रोकिएको हो ।

स्रोतका अनुसार अर्थमन्त्री वाग्लेको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने प्रस्ताव मन्त्रिपरिषद्मा औपचारिक रूपमा प्रस्तुत गरिएको थियो । मुख्यसचिव सुमन अर्यालले अर्थमन्त्रीसँगको सहमतिपछि प्रस्ताव अघि बढाएका थिए ।

प्रस्तावमा नेपालको वर्तमान आर्थिक तथा राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायसँग प्रत्यक्ष संवादका लागि मन्त्रीस्तरको उपस्थिति आवश्यक रहेको उल्लेख गरिएको थियो ।

तर मन्त्रिपरिषद् बैठकमा विषय प्रवेश गर्नासाथ प्रधानमन्त्री बालेनले विस्तृत छलफल नगरी नै असहमति जनाएको स्रोतको दाबी छ । प्रधानमन्त्रीको एकल अस्वीकारसँगै प्रस्ताव अघि बढ्न सकेन ।

यसले सरकारभित्र मन्त्रीहरूको भूमिकामाथि प्रधानमन्त्रीको कडा नियन्त्रण रहेको संकेत गरेको आरोप लागेको छ ।

चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीको सहभागिता अनुमोदन नगरी अर्थ मन्त्रालयका वरिष्ठ सहसचिव धनीराम शर्मालाई प्रतिनिधिको रूपमा पठाउने निर्णय गरेको छ।

यससँगै अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा नेपालको मन्त्रीस्तरीय राजनीतिक उपस्थिति गुमेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077