काठमाडौं । बालेन्द्र साह (बालेन) नेतृत्वको सरकार गठनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रिपरिषद् गठनका लागि मुख्य मन्त्रालयमा रहने मन्त्रीहरूको नाम टुंग्याएको छ ।
बालेनलाई आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरिसकेका छन् । उनले अब केही समयपछि पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
यसैबीच मन्त्री चयनका लागि प्रधानमन्त्रीमा नियुक्त भएका बालेन र रास्वपा सभापति रवि लामिछानेसहितको बैठक चलिरहेको छ ।
रास्वपा स्रोतका अनुसार हालसम्म अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, ऊर्जा मन्त्रीमा विराजभक्त श्रेष्ठ, गृहमन्त्रीमा सुदन गुरुङ, श्रममन्त्रीमा दीपक साह, शिक्षामन्त्रीमा सस्मित पोखरेल र कृषिमन्त्रीमा गीता चौधरीको नाम टुंगो लागिसकेको छ ।
यसैगरी भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्साल, महिला बालबालिका मन्त्रीमा सीता वादी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ, सञ्चारमन्त्रीमा विक्रम तिमल्सिना, पर्यटनमन्त्रीमा खड्कराज पौडेल (गणेश पौडेल) र उद्योग मन्त्रीमा अमरेश सिंहको टुंगो लागेको स्रोतले जनाएको छ ।
यस्तै,यसैगरी, प्रतिभा रावललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने विषयमा सहमति नजिक पुगेको बताइएको छ । यद्यपि, उनलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिने विषयमा पनि समानान्तर छलफल भइरहेको स्रोतले जनाएको छ ।