Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पूर्वएसएसपी रावलको काँधमा वन मन्त्रालयको जिम्मेवारी

पूर्वएसएसपी रावलको काँधमा वन मन्त्रालयको जिम्मेवारी

बुधवार , जेठ २७, २०८३

धनगढी । नेपाल प्रहरीको सेवाबाट अवकाश पाएका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मानबहादुर रावल सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री बनेका छन् ।

हाल सुदूरपश्चिम प्रदेशसभाका सदस्यसमेत रहेका उनले मंगलबारबाट मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

अछाम २(२) बाट नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित रावलको राजनीतिक यात्रा प्रहरी सेवापछिको सक्रिय राजनीतिसम्म फैलिएको छ । उनी २०३१ सालमा सहायक प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

रावलले आफ्नो प्रहरी करियरमा उत्कृष्ट कार्यसम्पादन गरेको दाबी गर्दै आएका छन् । उनका अनुसार, खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक बनेका उनी कार्यसम्पादन मूल्यांकनमा सधैं अग्रस्थानमा रहने गरेका थिए ।

२०६२ सालमा एसएसपी भएका उनले सोही पदबाट अवकास पाएर घर फर्किनु पर्‍यो । शाही शासनकाल घोषणा भएको २४ घण्टा नवित्दै उनलाई काठमाडौंबाट नेपालगञ्ज सरुवा गरिएको थियो ।

पारिवारीक पृष्ठभूमि कांग्रेस भएकैले आफूलाई कारबाहीस्वरुप तत्काल सरुवा गरेको उनी बताउँछन् । दुई वर्षसम्म चलेको शासनकालमा उनी प्रत्यक्ष मारमा परे ।

कार्यसम्पादनमा जहिल्यै पहिलो हुने रावललाई शाहीकालको सरकारले बढुवा रोकेर उनीभन्दा दोस्रो नम्बर बरियताका रमेशचन्द्र ठकुरी, तेस्रो नम्बरमा रहेका रवीन्द्रप्रताव शाहलाई डीआईजीमा बढुवा गरियो ।

रावल भने एसएसपीमै रोकिए । ठकुरी र शाह प्रहरीको आईजीपी पनि बने तर रावलको आईजीपी बन्ने सपना सपनामै सिमित रह्यो । त्यसपछि उनी २०६२ सालमा अवकाश लिएर घर फर्किए ।

प्रहरी सेवाबाट बाहिरिएपछि पारिवारिक राजनीतिक पृष्ठभूमिका कारण रावल राजनीतिमा प्रवेश गरेका हुन्। उनका पिता भैरबसिंह रावल २००७ सालदेखि नै नेपाली कांग्रेससँग आबद्ध रहँदै लामो समय अछाम जिल्लाको पार्टी नेतृत्वमा सक्रिय थिए।

भैरबसिंह रावलले २०३३ सालमा वीपी कोइराला नेपाल फर्किएपछि नेपाली कांग्रेस अछामको जिम्मेवारी सम्हालेका थिए र २०५२ सालसम्म निरन्तर जिल्ला सभापति रहेका थिए। यही राजनीतिक पृष्ठभूमिले रावललाई पनि कांग्रेस राजनीतिमा प्रवेश गर्न प्रेरित गरेको मानिन्छ ।

अहिले उनले सुदूरपश्चिम प्रदेशको वन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । आफू पदमा रहेसम्म जनहितमा काम गर्ने उनले बताए । एक्लै काम गर्न नसकिने बताउँदै उनले टिमवर्कमा काम गर्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077