Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री शाहले घुस मागेको आरोपपछि तरंग, डीएफओ भट्टसँग स्पष्टीकरण माग

मुख्यमन्त्री शाहले घुस मागेको आरोपपछि तरंग, डीएफओ भट्टसँग स्पष्टीकरण माग

शुक्रवार , फाल्गुण २९, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएपछि वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टसँग स्पष्टीकरण मागिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार भट्टलाई पत्र पठाउँदै २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार मुख्यमन्त्रीविरुद्ध घुस मागिएको अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि घटनाको वास्तविकता स्पष्ट पार्न भट्टसँग जवाफ मागिएको हो।

भट्टले एक सञ्चारमाध्यमसँगको कुराकानीमा मुख्यमन्त्री शाहले आफूबाट ५ लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए। रकम नदिएपछि आफूलाई धनगढीस्थित डिभिजन वन कार्यालयबाट सरुवा गरिएको उनले दाबी गरेका छन्।

यस घटनापछि प्रदेश सरकारभित्रै हलचल मच्चिएको छ। मन्त्रालयले तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए निजामती सेवा ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्न सक्ने चेतावनीसमेत दिएको छ।

उता मुख्यमन्त्री शाहले भने आफूमाथि लागेको आरोप निराधार भएको बताएका छन् । उनले घटनाको छानबिन गर्न आफू पूर्ण रूपमा तयार रहेको प्रतिक्रिया दिएका छन्।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपाले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीमाथि लागेको आरोपको निष्पक्ष र न्यायिक छानबिन गर्न माग गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077