Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमकै भएका कारण एसएसपी अधिकारीलाई डीआईजी बढुवामा रोकियो : मुख्यमन्त्री शाह

सुदूरपश्चिमकै भएका कारण एसएसपी अधिकारीलाई डीआईजी बढुवामा रोकियो : मुख्यमन्त्री शाह

शुक्रवार , कार्तिक २१, २०८२

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको भएकै कारण नेपाल प्रहरीका एसएसपी विश्व अधिकारीलाई बढुवामा रोकिएको दाबी गरेका छन् ।

शुक्रबार डडेल्धुरा जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले पहिलो नम्बरका एसएसपी अधिकारीलाई डीआईजी बढुवामा रोकिएको बताएका हुन् ।

मुख्यमन्त्री शाहले भने, 'उनी भर्ना हुँदा खेरी पहिलो नम्बरका हुन् । उनी हरेक प्रमोशनमा पहिलो पहिलो नम्बरका व्यक्ति हुन् । आज सुदूरपश्चिमकै भएका कारणले पाँचजना डीआईजी हुँदा उनी वञ्चित हुनुपर्‍यो ।'

त्यस्ता धेरै पिडाहरु सुदूरपश्चिमले भोगेको थियो । मुख्यमन्त्री शाहले सुदूरपश्चिमले सदैव राज्यको बेवास्ता भोग्दै आएको पीडा सुनाए ।

सरकारले बढुवा गर्दा पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई छुटाएर पाँच जना अन्य एसएसपीलाई डीआईजीमा बढुवा गरेको थियो ।

जेनजी आन्दोलनमा बल प्रयोग गरेको भन्दै अधिकारीलाई जेनजी आन्दोलनकै बलमा बनेको सरकारले बढुवा रोकेको थियो । त्यसपछि सुदूरपश्चिममा सरकारको आलोचना बढेको छ ।

यस्तै मुख्यमन्त्री शाहले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुदूरपश्चिमप्रति समर्पण र योगदान स्मरण गराए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077