Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बढुवामा छुटाइएका एसएसपी अधिकारीलाई आईजीपी कार्कीले न्याय दिने अपेक्षा

बढुवामा छुटाइएका एसएसपी अधिकारीलाई आईजीपी कार्कीले न्याय दिने अपेक्षा

शनिवार , कार्तिक २९, २०८२

काठमाडौं । शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी ईश्वर कार्कीलाई बढुवा सिफारिस गरेको छ ।

दानबहादुर कार्कीको आईजीपीमा पदोन्नति भएपछि एआईजी पद रिक्त रहेको थियो । सो ठाउँमा कोसी प्रदेश प्रहरी प्रमुख समेत रहेका डीआईजी कार्कीलाई सिनियरिटीका आधारमा बढुवा सिफारिस गरिएको हो । अब प्रहरीमा डीआईजीको एक पद खाली भएको छ ।

एआईजीपछि डीआईजी बढुवामा पनि चासोका साथ हेरिएको छ । वरियतामा पहिलो नम्बरमा भएर पनि छुटेका विश्व अधिकारीलाई यसपटक न्याय हुने अपेक्षा धेरैले गरेका छन् । दुई साताअघिको बढुवामा उनलाई छुटाइएको थियो ।

जेनजी आन्दोलनको बहानामा बढुवा दाबेदारको अग्र स्थानमा रहेका अधिकारीलाई निसानामा पारिएको थियो । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको बेला एसएसपी अधिकारी जिल्ला प्रहरी परिसर काठमाडौंमा इञ्चार्जको जिम्मेवारीमा रहेका थिए ।

सोही बहानामा छानबिनको क्रममा रहेको भन्दै बढुवा सिफारिसमा छुटाइएको थियो । जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको छानबिनका लागि गठन भएको आयोगले छानबिनको प्रक्रिया सुरु गर्नुभन्दा पहिला नै एसएसपी अधिकारीको बढुवा रोकिएको हो ।

यसले राज्यको छानबिन एक अधिकृतमाथि मात्र केन्द्रित भएको आरोप छ । जेनजी आन्दालनकै बेला काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको कमाण्ड सम्हालेका दानबहादुर कार्कीलाई सरकारले आईजीपीमा बढुवा गरिसकेको हुँदा अब पनि अधिकारीलाई यो वा त्यो बहानामा बढुवाबाट बन्चित गराउनु भनेको अन्याय र पूर्वाग्रह बाहेक केहि नहुने गृह मन्त्रालयकै एक उच्च अधिकारी बताउँछन् ।

तत्कालिन आईजीपी चन्द्रकुवेर खापुङले गाउँले एसएसपी अविनारायण काफ्लेलाई बढुवा गर्नका लागि एसएसपी अधिकारीलाई नियतबस छुटाइएका थिए ।

तत्कालिन आईजीपी खापुङले काफ्लेलाई बढुवामा पारेर सिनियर र क्षमतावान अधिकृतमाथि अन्याय गरेका थिए । अब भने नवनियुक्त आईजीपी कार्कीले एसएसपी अधिकारीलाई न्याय दिने अपेक्षा गरिएको छ ।

रिक्त हुने डीआईजीको एक पदका लागि अधिकारी बाहेक सोमेन्द्रसिंह राठौर, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल पनि दौडधुपमा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077