Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम र कर्णाली प्रदेशका मुख्यमन्त्रीबीच सीमा विवादबारे छलफल

सुदूरपश्चिम र कर्णाली प्रदेशका मुख्यमन्त्रीबीच सीमा विवादबारे छलफल

शनिवार , जेठ ९, २०८३

कैलाली । सुदूरपश्चिम र कर्णाली प्रदेशबीच सीमा क्षेत्रमा देखिएको विवाद समाधानका लागि दुई प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अस्थायी प्रहरी चौकी भवन निर्माणमा उत्पन्न अवरोध समाधानका विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलसँग टेलिफोनमार्फत छलफल गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा बाजुराको हिमाली गाउँपालिका–३ च्याचौर क्षेत्रमा अस्थायी प्रहरी चौकी भवन निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर निर्माण कार्य अघि बढाउने क्रममा स्थानीय स्तरमै विवाद उत्पन्न भएपछि काम अवरुद्ध भएको हो ।

मुख्यमन्त्री शाहले कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलसँग छलफल गर्दै प्रहरी चौकी निर्माणका लागि वातावरण सहज बनाउन आग्रह गरेका छन् । साथै घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कारबाही अघि बढाउन संघीय सरकारसँग समन्वय गर्ने विषयमा पनि दुई मुख्यमन्त्रीबीच सहमति भएको बताइएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले घटनाप्रति खेद प्रकट गर्दै शान्ति–सुरक्षाको अवस्था बिग्रिन नदिन सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको थियो ।

उता कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले हुम्ला र बाजुराको सीमा क्षेत्रमा देखिएको लाम्पाटा–च्याचौर विवादबारे संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले प्रधानमन्त्रीसमक्ष पत्र पठाउँदै दुई जिल्लाबीचको विवादले स्थानीयस्तरमा तनाव बढाएको र जनजीवन प्रभावित भएको उल्लेख गरेका छन् ।

सीमा विवादकै कारण दुई पक्षबीच झडपसमेत भएको थियो, जसमा निर्माण सामग्री नष्ट हुनुका साथै कर्मचारी, प्रहरी र जनप्रतिनिधिसहित ६ जना घाइते भएका थिए ।

घटनापछि आक्रोशित स्थानीयले कर्णाली करिडोर सडक खण्ड अवरुद्ध गरेका थिए । तर शुक्रबार भएको सर्वपक्षीय छलफलपछि ६ बुँदे सहमति जुटेसँगै दिउँसोदेखि सडक सञ्चालनमा आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077