Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र डीआईजी रानाबीच छलफल

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र डीआईजी रानाबीच छलफल

बुधवार , पौष १६, २०८२

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रहरी प्रमुख (डीआईजी) ओमबहादुर रानाबीच बुधबार भेटवार्ता भएको छ । उनीहरुबीच मुख्यमन्त्री निवासमा भेटवार्ता भएको हो ।

भेटमा मुख्यमन्त्री शाहले प्रदेशमा बढ्दो लागू औषध दुरुपयोग नियन्त्रण तथा निरुत्साहित गर्न प्रभावकारी कदम चाल्न प्रदेश प्रहरी प्रमुख रानालाई निर्देशन दिए । उनले लागू औषधले युवापुस्तामा नकारात्मक प्रभाव पारिरहेको र यसको नियन्त्रणमा प्रदेश प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन आवश्यक रहेको उल्लेख गरे ।

साथै मुख्यमन्त्री शाहले प्रदेशको समग्र शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिँदै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा पनि छलफल गरे ।

प्रहरी प्रमुख रानाले लागू औषध नियन्त्रण र शान्ति सुरक्षाका क्षेत्रमा प्रदेश प्रहरी सक्रियताका साथ कार्य गरिरहेको जानकारी गराउँदै मुख्यमन्त्रीको निर्देशनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लागुऔषध नियन्त्रणका लागि डीआईजी रानाले नयाँ कार्ययोजना प्रस्तुत गरेका छन् । जस अनुसार उनले सबै निकायसँग छलफल गरिरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077