'आजै दिउँसो २ बजे बस्नेगरी सर्यो संसद् बैठक'
काठमाडौं। संघीय संसद्को अवरोध खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विपक्षी दलहरूसँग छलफलमा जुटेका छन्।
संसद् अवरोधको गाँठो फुकाउन सिंहदरबारस्थित संसद् भवनमा सभापति लामिछाने विपक्षी दलहरूसँग छलफलमा जुटेका हुन्।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, मालेका प्रमुख सचेतक ऐन महर, नेपाली माओवादीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीसहितका नेताहरू सहभागि छन्
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले समेत भारतको सीमा मिचेको भनेर जेठ १७ गते दिएको अभिव्यक्ति सच्चाउनु पर्ने मागसहित विपक्षी दलले निरन्तर संसदमा अवरोध गरिरहेका छन्।
११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन ।
यसअघि सोमबार पनि सभापति लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सोही विषयमा छलफल भएको थियो ।
तर, विपक्षी दलहरूले प्रधानमन्त्री शाहले सदनमा आएर माफी नमागे सम्म अवरोध जारी राख्ने अडान राखेका थिए ।
यता बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि आजै दिउँसो २ बजे बस्ने गरी सरेको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक बस्ने समय परिवर्तन भएकोबारे जानकारी दिएका छन् ।