Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

घुसको ४० हजार रकमसहित नायव सुब्बा पक्राउ

घुसको ४० हजार रकमसहित नायव सुब्बा पक्राउ

शनिवार , जेठ ३०, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा (नासु) ज्ञानराज कण्डेललाई ४० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले कण्डेललाई नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कण्डेलले सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।

पक्राउका क्रममा कण्डेलको साथबाट घुसबापत लिइएको ४० हजार रुपैयाँका अतिरिक्त स्रोत नखुलेको थप २१ हजार ७० रुपैयाँ समेत बरामद भएको अख्तियारले जनाएको छ।

अख्तियारले शनिबार उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077