Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भारतीय सैन्य विमान दुर्घटना अपडेट: पाइलटसहित ५ जनाको मृत्यु, एक को-पाइलट घाइते

भारतीय सैन्य विमान दुर्घटना अपडेट: पाइलटसहित ५ जनाको मृत्यु, एक को-पाइलट घाइते

शनिवार , जेठ ३०, २०८३

एजेन्सी । भारतको आसाम राज्यस्थित जोरहाटमा आज भएको वायुसेना विमान दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

आज बिहान जोरहाटको रौरिया एयरबेसमा अवतरण गर्ने क्रममा एएन-३२ विमान अनियन्त्रित भई दुर्घटना भएको थियो । 

यो विमान मुख्यतया सैनिक र सैन्य सामग्री ओसारपसारका लागि प्रयोग गरिँदै आएको थियो । उक्त दुर्घटनालगत्तै विमानमा भीषण आगलागी भएको र विमान दुई टुक्रा भएको थियो ।

दुर्घटनालगत्तै एयरबेसमा ‘इमर्जेन्सी प्रोटोकल’ लागू गरियो र दमकल तथा सेनाका जवानहरूले घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन् ।

यसैगरी दुर्घटनामा एक जना को-पाइलट पनि घाइते भएका छन्।

दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन। भारतीय वायुसेनाले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

एएन-३२ मूल रुपमा सोभियत संघ (अहिले युक्रेन एन्टोनोभ डिजाइन ब्यूरो) द्वारा निर्मित दुई-इन्जिन भएको टर्बोप्रप सैन्य परिवहन विमान हो।

यो विमानको प्रयोग सैनिकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान, राहत सामग्री पु¥याउन र प्याराट्रपर्सलाई आकाशबाट ओरोल्नका लागि गरिन्छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077