एजेन्सी । भारतको आसाम राज्यस्थित जोरहाटमा भारतीय वायुसेनाको एउटा ट्रान्सपोर्ट विमान दुर्घटना भएको छ ।
शनिबार बिहान जोरहाटको रौरिया एयरबेसमा अवतरण गर्ने क्रममा एएन-३२ विमान दुर्घटना भएको हो ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार सैनिक र सैन्य सामग्री ढुवानीमा प्रयोग गरिने उक्त विमान खसेपछि आगो लाग्दै दुई टुक्रा भएको छ।
दुर्घटनामा विमानका पाइलटको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भने भएको छैन ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको भारतीय वायुसेनाले जनाएको छ।