Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सुर्खेतमा प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु, आफन्तद्वारा कुटपिटको आशंका

सुर्खेतमा प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु, आफन्तद्वारा कुटपिटको आशंका

शनिवार , जेठ ३०, २०८३

सुर्खेत । सुर्खेत जिल्ला प्रहरी कार्यालयको थुनुवाकक्षमा रहेका एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१०, पिपिराका २१ वर्षीय साबिर बक्स रहेका छन् ।

प्रहरीका अनुसार बक्स चोरी मुद्दामा २७ गते पक्राउ परेका थिए । प्रहरीले बुधबार म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिरहेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज बिहान ४ः३० बजे बक्स अचेत अवस्थामा भेटिएका थिए ।

उनलाई कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालले उनलाई बिहान ५ः३२ मृत घोषणा गरेको थियो ।

यता मृतकका आफन्तले भने घटनालाई शंकास्पद भन्दै कुटपिटका कारण मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । उनीहरूले पक्राउपछि कुनै समस्या नभएको व्यक्तिको थुनुवाकक्षमै मृत्यु हुनु गम्भीर विषय भएको बताएका छन् ।

प्रहरीले भने मृत्युको वास्तविक कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077