Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस [सूचीसहित]

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस [सूचीसहित]

शनिवार , जेठ ३०, २०८३

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा समितिले विभिन्न प्राविधिक समूहअन्तर्गत रिक्त रहेका प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि ३६३ जना प्रहरी जवानलाई सिफारिस गरेको छ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) बमोजिम शुक्रबार बसेको बढुवा समितिको बैठकले विभिन्न प्राविधिक उपसमूहका प्रहरी जवानहरूलाई सहायक हवल्दार पदमा बढुवाका लागि योग्य ठहर गर्दै सिफारिस सूची सार्वजनिक गरेको हो।

समितिले बढुवाका लागि उम्मेदवारहरूको कार्यसम्पादन क्षमता, शैक्षिक योग्यता, तालिम तथा प्राप्त कुल अंकका आधारमा योग्यताक्रम निर्धारण गरिएको जनाएको छ। सोही मूल्यांकनका आधारमा अन्तिम सिफारिस सूची तयार गरिएको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ।

प्रकाशित सूचीप्रति असन्तुष्टि भएमा सम्बन्धित उम्मेदवारहरूले कानुनी व्यवस्था अनुसार सात दिनभित्र उजुरी सुन्ने समिति समक्ष निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077