Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

प्राधिकरणका अमिन यादव भ्रष्टाचारमा दोषी ठहर, एक वर्ष कैद र सवा करोड जरिवाना

प्राधिकरणका अमिन यादव भ्रष्टाचारमा दोषी ठहर, एक वर्ष कैद र सवा करोड जरिवाना

शुक्रवार , जेठ २९, २०८३

काठमाडौं । उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा करार सेवामा कार्यरत अमिन दिनेशप्रसाद यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले उनलाई एक वर्ष कैद, सवा करोड रुपैयाँभन्दा बढी जरिवाना तथा अवैध सम्पत्ति जफत गर्ने फैसला सुनाएको छ ।

विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले शुक्रबार फैसला सुनाउँदै यादवले आफ्नो वैधानिक आम्दानीभन्दा १ करोड १२ लाख ७० हजार ६६८ रुपैयाँ बढी गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको हो।

अदालतले उक्त रकम बराबरको जरिवाना तिराउन आदेश दिएको छ । साथै थप ४ लाख ५० हजार ८२६ रुपैयाँ जरिवाना पनि तोकिएको छ। यससँगै १ करोड १२ लाख ७० हजार ६६८ रुपैयाँ बराबरको जग्गा जफत गर्ने आदेशसमेत भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६३ भदौ ८ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा यादवको आय–व्यय विश्लेषण गर्दा २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसा वैध आम्दानी देखिएको तर ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसा खर्च गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो।

यद्यपि विशेष अदालतले अख्तियारले दाबी गरेको सम्पूर्ण रकमलाई अवैध नठहर गर्दै अनुसन्धानबाट पुष्टि भएको १ करोड १२ लाख ७० हजार ६६८ रुपैयाँलाई मात्रै गैरकानुनी सम्पत्ति मानेर फैसला गरेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077