Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । नेपाल प्रहरीको जनपद र प्राविधिक समूहका १३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरूलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

बढुवा समितिको सचिवालयको बुधबार बसेको बैठकको निर्णयअनुसार नेपाल प्रहरीको जनपद र प्राविधिक समूहका १३ जना डिएसपीलाई एसपी पदमा बढुवा गर्न सिफारिस गरेको हो।

समितिको निर्णयअनुसार डिएसपी ध्रुव कुमार श्रेष्ठलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

त्यसैगरी, प्राविधिकतर्फ स्वास्थ्य र इन्जिनियरिङ समूहका १२ जना डिएसपीहरू बढुवा सिफारिसमा परेका छन्। स्वास्थ्य (चिकित्सक) उप-समूहतर्फ ९ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ। जसमा डा. शोभा वाग्ले, डा. सरोज सिंह, डा. बिकल श्रेष्ठ, डा. बोध विक्रम कार्की, डा. निर्मल घिमिरे, डा. नर्मन लामिछाने, डा.दिपा चुडाल, डा. सुवास थापा र डा. भवानी गुरुङ रहेका छन्।

यस्तै, प्राविधिक (इन्जिनियरिङ) समूह अन्तर्गतको सूचना प्रविधि उप-समूहतर्फ डिएसपीहरू ई.राम कुमार बस्नेत, सुनिल कुमार बरनवाल र राइज महर्जनलाई पनि एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077