Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१४ जना प्राविधिक वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस

१४ जना प्राविधिक वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । नेपाल प्रहरीले विभिन्न प्राविधिक समूहमा कार्यरत १४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत बढुवा समितिको सचिवालयले बुधबार सूचना जारी गर्दै विभिन्न प्राविधिक विधामा कार्यरत अधिकृतहरूको बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचीअनुसार इन्जिनियरिङ समूहअन्तर्गत सञ्चार उप–समूहका ४ जना, सूचना प्रविधि (आईटी) का ३ जना, आवास तथा भौतिकतर्फ २ जना र संगीत उप–समूहका १ जना गरी १० जना सिफारिस भएका छन्।

त्यसैगरी स्वास्थ्य (नर्सिङ) तर्फ २ जना, विधि विज्ञान (फरेन्सिक) तर्फ १ जना तथा केनाइन (कुकुर सेवा) तर्फ १ जना वरिष्ठ सई इन्स्पेक्टर पदमा बढुवाका लागि सिफारिसमा परेका छन्।

प्रहरी नियमावली २०७१ को नियम २७ को उप–नियम (४) बमोजिम बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077