धनगढी । वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी नायव निरीक्षक लालमणी योगी प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवा भएका छन् ।
मानवश्रोत विकास विभाग, नक्साल काठमाडौं अन्तर्गत कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ७१३० जेठ ५ गतेको पत्रादेशअनुसार योगीलाई प्रहरी निरीक्षक पदमा पदोन्नति गरिएको हो । उनको बढुवा २०८३ जेठ ४ गतेदेखि लागू भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान शाखाको दरबन्दीमा रही हाल वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत योगीलाई बुधबार आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले नवपदोन्नत प्रहरी निरीक्षक योगीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।